एनआईसी एशिया लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2020-12-29
एनआईसी एशिया लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गत बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ ४ गते आइतबारका दिन जाजरकोटमा रहेको होटल र्याडिसनको सभा कक्षमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा एनआईसी एशिया लघुवित्तले स्वेदेशी लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै मर्जर प्रयोजनका लागि नियुक्त गरिएको मूल्यांकनकर्ताले तयार पारेको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, अन्य विवरण तथा सम्बद्ध व्यवस्था तथा सम्झौताको आधारमा निर्धारण गरिएको स्वेदेशी लघुवित्तको प्रति १०० कित्ता सेयर बराबर एनआईसी एशिया लघुवित्तको ९४ कित्ता सेयर अनुपातमा सेयरको मूल्य पारित गरी मर्जर गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनामाथि छलफल गरि पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६/७७ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन स नगद प्रवाह विवरणमाथि छलफल गरि पारित गरिनेछ।   

सभामा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 


Share this with your friends: