एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

2021-03-21
एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत ८ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन्। 
मर्जरपश्चात यी दुई संस्थाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी गरेका हुन्। एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वेदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीले संयुक्त रुपमा गरे। 

अब संस्थाको केन्द्रिय कार्यालय इटहरी उपमहानगरपालिका वडा न.९ सुनसरीमा रहनेछ। मर्जरपश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्बभन्दा माथि पुग्नेछ। भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडि बढेको संस्थाले यो मर्जरपश्चात अझ बलियो र  सबल भई उक्त लक्ष्य हासिल हुनेमा पूर्ण विश्वस्त रहेको जनाएको छ। 

यी दुवै संस्थाबिच एक आपसम गाभ्नेरगाभिने९मर्जर० गर्नका लागि २०७७ साउन ३२ गते समझदारी भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान भएको थियो। नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान भएपछि गत पुस १० गते यी दुवै संस्थाबीच मर्जरका अन्तिम सम्झौता भएको थियो। 

संस्थाहरुबीच भएको मर्जर सम्बन्धित अन्तिम सम्झौतालाई गत माघ ०४ गते बसेको संस्थाहरुको छुट्टाछुट्टै सम्पन्न वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो। यसपश्चात नेपाल राष्ट्र बैंकले फागुन २० गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो। संयुक्त मर्जर समितिको फागुन २५ गते बसेको बैठकले मर्जरपश्चात बनेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आउँदो चैत ०८ गते एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो। 

 


Share this with your friends: