एनआईसी एशिया लघुवित्तको सेयर कारोबार फुकुवा

2021-03-30
एनआईसी एशिया लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको सेयर कारोबार चैत १७ गतेको निर्णयअनुसार फुकुवा गरेको हो। 

सेयर कारोबार फुकुवा भएसँगै नेप्सेमा एनआईसी एशिया लघुवित्तको नाममा थप २५ लाख बढी सेयर सूचीकरण भएको छ। साविकको स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्त बीच मर्जर हुदाँ १ः०.९४ को अनुपातमा कायम हुन आएको कुल २५ लाख ९४ हजार ४ सय कित्ता साधारण सेयर एनआईसी एशिया लघुवित्तको नाममा सूचीकृत भएको हो। थप सूचीकरण भएको सेयर र यसअघि सूचीकृत १ करोड ४८ लाख कित्ता गरी कुल सेयर १ करोड ७३ लाख ९४ हजार ४ सय हुनेछ । 

नेप्सेले एनआईसी एशिया लघुवित्तको नामबाट पहिलो कारोबारका लागि ओपनिङ रेन्ज प्रतिकित्ता ७६५.१२ रुपैयाँ कायम गरेको छ। एनआईसी एशिया लघुवित्त र स्वेदेशी लघुवित्तले गत चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेका छन्।  

 


Share this with your friends: