एनआईसी एशिया लघुवित्तद्वारा भाका नाघेका ऋणीलाई ब्याजमा १०% छुट प्रदान गर्ने निर्णय

2021-06-24
एनआईसी एशिया लघुवित्तद्वारा भाका नाघेका ऋणीलाई ब्याजमा १०% छुट प्रदान गर्ने निर्णय

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणीहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम चुक्ता गरेमा कूल ब्याज रकमको १० प्रतिशत छुट दिने भएको छ ।

यस्तै संस्थाले असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नुपर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ साउन मसान्तबाट लागु हुने गरी निजको ऋणको भाखा ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।


यस निर्णयका कारण हाल वित्तीय संस्थामा आबद्ध सदस्यहरुसँगको सम्बन्ध दिगो एवं सुमधुर हुने संस्थाले विश्वास लिएको छ । 

हाल एनआईसी एशिया लघवित्तले मुलुकभर ६९ जिल्लामा २५० शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । 


Share this with your friends: