एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको बुक क्लोज मिति तय

2021-09-02
एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको बुक क्लोज मिति तय गरिएको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३०/३० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।

लाभांस वितरण प्रयोजनका लागि आगामी भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले भदौ २६ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डहरुद्वारा घोषणा गरिएको ३० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।


Share this with your friends: