एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

2021-09-09
एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ  । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ २४)गतेअन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७र७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३०/३० प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाइधनीहरुमात्रै फन्डहरुद्वारा घोषणा गरिएको लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।  । 


Share this with your friends: