एनआईसी एशिया लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2021-12-10
एनआईसी एशिया लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत मंसिर ८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित ५.४१ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

संस्थाले गत कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको हकमा समेत नगद लाभांस बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ। यसका लागि आफ्नो सेयर प्रमाणपत्र अहिलेसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 


Share this with your friends: