एनएलजी इन्स्योरेन्सद्वारा क्यूआर कोडमार्फत प्रिमियम भुक्तानीको व्यवस्था

2021-03-21
एनएलजी इन्स्योरेन्सद्वारा क्यूआर कोडमार्फत प्रिमियम भुक्तानीको व्यवस्था

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआर कोड स्क्यान गरी प्रिमियमको भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

क्युआर स्क्यान गरि गरिने भूक्तानी क्यासलेस हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।


Share this with your friends: