एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-06-01
एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: