एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-07-28
एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(साउन १४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् ।

यो लाभांस आगामी साउन २१ गते आयोजना हुने कम्पनीको १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: