एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-07-29
एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११९८ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३१८ रुपैयाँ कायम थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस आगामी साउन २१ गते आयोजना हुने कम्पनीको १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: