एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

2021-09-06
एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच बीमा सम्बन्धि सम्झौता भएको छ । कम्पनी र महासंघबीच सरल र सहजरुपमा बीमाको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल सुनचाँदी ब्यवासायी महासंघकाका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा बीमा गरी ब्यवसायीक लाभ लिन सक्ने बताए । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले जानकारी दिए । 

यस्तै एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले यो समझदारीले सुनचाँदी ब्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा व्यक्त गरे । 

 


Share this with your friends: