एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-16
एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ०५० रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको हजार ४३७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी १७ गते आयोजना हुने १६ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: