एनएलजी इन्स्योरेन्सद्वारा लघुबीमा अभिकर्ता तालिम सम्पन्न

2022-03-20
एनएलजी इन्स्योरेन्सद्वारा लघुबीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २१ जना सहभागीहरुको सहभागितामा २०७८ चैत ४ देखि ५ गतेसम्म लघुबीमा अभिकर्ताहरुका लागि २ दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको हो । 

उक्त तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुनिल बल्लभ पन्तले गरेका थिए ।

धेरैभन्दा धेरै लघुस्तरका समुदायसम्म पुग्ने र बीमाको महत्त्वबारे चेतना र शिक्षा फैलाउने उद्देश्यले यस किसिमको तालिम आयोजना गर्ने एनएलजी इन्स्योरेन्स नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी हो ।  


Share this with your friends: