एनएलजी इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

2022-03-28
एनएलजी इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक डा.भरत कुमार थापाले दिएको राजीनामा स्वीकृत भएको छ । 

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको २५३ औँ बैठकले सञ्चालक थापाको राजीनामा स्वीकृत गरेको हो । 

उनको राजीनामा सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । सञ्चालक थापाले आफनो घरायसी कारण देखाउँदै सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए ।  


Share this with your friends: