एनएलजी इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

2020-08-10
एनएलजी इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ४६ लाख ५० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीले बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले हुन आउने ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ। 


Share this with your friends: