एनएलजी इन्स्योरेन्सले बाँडफाँड गर्यो अवितरित हकप्रद सेयर

2020-09-01
एनएलजी इन्स्योरेन्सले बाँडफाँड गर्यो अवितरित हकप्रद सेयर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २२ गते देखि साउन २९ गते सम्म शिलबन्दी बोलपत्र मार्फत संस्थापक समूह तर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता सेयर खरीद गर्न आह्वान गरेको थियो। 

कम्पनीले सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९ गते बोलपत्रदाताहरुको रोहवरमा खोली भदौ १५ गते प्रचलित कानून बमोजिम बाँडफाँड गरेको जनाएको छ। 

यसका साथै कम्पनीले बोलपत्रमा नपरेका बोलपत्रवालाको हकमा रकम फिर्ता भुक्तानी भदौ १७ गते बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने जानकारी दिएको छ। यसै गरी बाँडफाँडमा परेका सेयरधनीहरुको सेयर नेपाल स्टक एक्सेन्च र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत भएपश्चात बोलपत्र फाराममा उल्लेख भएको हितग्राहि खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। 

 


Share this with your friends: