एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-09
एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको हो। 

कम्पनीले लाभांस र वार्षिक साधारण सभाका लागि भोलि(कात्तिक २५ गते) एक दिनका लागि बुक क्लोज गर्दैछ। यसर्थ  आज(कात्तिक २४ गते) सम्म कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि योग्य हुनेछन्। 

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २ करोड ४६ लाख ५० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०।३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो मंसिर ५ गते काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

 


Share this with your friends: