एनसीसी बैंकद्वारा लाभांस प्रस्ताव

2021-12-01
एनसीसी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल क्रेडिट एयड कमर्स बैंक(एनसीसी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते मंगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६हजार ६८० रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख ६१ हजार ३३४ रुपैयाँबराबरको बोनस सेयर र ०.४२ प्रतिशतले हुन आउने ४ करोड ३४ हजार २९ हजार ५५४ रुपैयाँबराबरको नगद लाभांस रहेको छ । 

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: