एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-26
एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ११ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांस आगामी पुस २९ गते आयोजना हुने बैंकको २४ औँ वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: