एनसीसी बैंकको सेयरमूल्य समायोजन

2021-01-05
एनसीसी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.२७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ३२४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३५७ रुपैयाँ कायम थियो। बैंकको सञ्चालक समितिको बैठकले गत आ।व का लागि १०.२७ प्रतिशत बोनस सेयर र ०.५४०५ प्रतिशत नगद लाभांस गरी कुल १०.८१ वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आउँदो माघ १९ गते आयोजना हुने आगामी २३ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 


Share this with your friends: