एफपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो नयाँ सारथी लघुवित्त

2021-10-04
एफपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो नयाँ सारथी लघुवित्त

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ(थप सार्वजनिक निष्कासन) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

संस्थाले एफपीओ निष्कासनको माग गर्दै भदौ ९ गते बोर्डमा आवेदन दिएको हो । 

संस्थाले रु.११६ अंकित दरका ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । 

संस्थाको एफपीओ निष्कासन तथा बिक्रीकर्ताका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: