naya sarathi nepal laghubitta bittiya sanstha ltd

नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

नयाँ सारथी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २३ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  संस्थाले...

नयाँ सारथि लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चाल समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख १० गते धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...

1663308665norvic-gif.gif

नयाँ सारथी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको...

नयाँ सारथि लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिेरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई अर्को व्यवस्था नभएसम्ममका लागि पुस १ गतेदेखि लागू हुने गरी संस्थाको कामु सीईओमा नियुक्त गरिएको हो ।  ...

नयाँ सारथी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम नियुक्त भएकि छन् ।  संस्थाको सञ्चालक समितिको २८ औँ बैठकले गौतमलाई संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

16454172591200x120.gif

नयाँ सारथी लघुवित्तका सीईओ खड्काको राजिनामा स्वीकृत

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रामबहादुर खड्काको राजिनामा स्वीकृत भएको छ । संस्थाको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले खड्काको राजिनामा स्वीकृत गरेको हो ।  उनको राजिनामा पुस १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो ।  यसका साथै पुस १९ गतेदेखि ३० गतेसम्मका लागि प्रमुख...

एफपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो नयाँ सारथी लघुवित्त

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ(थप सार्वजनिक निष्कासन) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  संस्थाले एफपीओ निष्कासनको माग गर्दै भदौ ९ गते बोर्डमा आवेदन दिएको हो ।  संस्थाले रु.११६ अंकित दरका ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो...

नेप्सेमा झण्डै दुई लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८.१३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ९१ हजार ५२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  ...

सारथि नेपाल लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्था एक आपसमा गभिएर बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको हो ।  नाम परिवर्तन गर्दै कम्पनीको नयाँ नाम ‘नयाँ सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ राखिएको छ...