एलआईसी नेपालको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-02-18
एलआईसी नेपालको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भोलि(फागुन ७ गते) देखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

कम्पनीको गत मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो फागुन २५ गते आयोजना हुने कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: