एलआईसी नेपालद्वारा शिवरात्रीको अवसरमा निःशुल्क भोजन तथा पानी वितरण

2021-03-11
एलआईसी नेपालद्वारा शिवरात्रीको अवसरमा निःशुल्क भोजन तथा पानी वितरण

काठमाडौं । एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि महाशिवरात्रीको उपलक्ष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती रहेको छ। एलआईसी नेपाल तथा एलआईसी नेपालको कर्मचारी कल्याणकारी कोषको सयुक्त रुपमा भएको यस कार्यक्रममा कम्पनीका २० जना भन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको छ।

कम्पनीले पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज विहान ७ बजेदेखि भक्तजनहरुको सेवा गरिरहेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

विगत ९ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब २ हजार भन्दा धेरै भक्तजनहरुलाई  पानी तथा भोजन खुवाउने जनाएको छ।


Share this with your friends: