एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2022-02-20
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका ६ निवासी जमान सिंह देउवाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमित देउवाकी श्रीमती लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँ दाबी रकम प्रदान गरेको हो । 

मृतक जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । जसमध्ये उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोना संक्रमनका कारण मृत्यु भएको थियो । 


Share this with your friends: