एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

2020-12-24
एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्। 

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो। श्रेष्ठलाई आउँदो माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। 

श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत मंसिर २९ गतेको पत्रमार्फत स्वीकृति प्रदान गरेको थियो।
 

 


Share this with your friends: