एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2022-02-23
एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ । 

कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु फागुन १० गतेदेखि चैत २२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो । 

कम्पनीले वि।स २०७६ फागुन १० गते सम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत, २०७३ फागुन १० गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत र बीमा अवधि समाप्त हुन २ वर्ष वा सो भन्दा कम समयावधि बाँकी भएका बीमालेखको हकमा १० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।  

एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई बीमा अवधिभर पुनःब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: