एशियन लाईफका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

2021-01-17
एशियन लाईफका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो । श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत मंसिर २९ गतेको पत्रमार्फत स्वीकृति प्रदान गरेको थियो।

 


Share this with your friends: