एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2021-03-28
एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७७ फागुन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा छुट प्रदान गर्ने भएको हो। 

कम्पनीले उल्लेखित बीमालेखहरु २०७७ चैत १५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म पुनर्जारण(नविकरण) गराउने बीमितहरुलाई ब्याजमा छुट प्रदान गरिने जनाएको छ। कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ७५ प्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ। 

यस्तै भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट प्रदान गरिने छ। यस सम्बन्धमा थप जानकारीका लागि कम्पनीको नजिकको शाखा वा उपशाखा तथा सम्बन्धित अभिकर्तासँग सम्पर्क राख्न अनुरोध गरेको छ।  

कम्पनीले २०२३ मार्च २८ सम्ममा बीमा अवधि समाप्ति हुने व्यतित बीमालेखहरुको हकमा यो सुविधा लागू नहुने प्रष्ट पारेको छ। यसका साथै कम्पनीले यो अवसरको सदुपयोग गर्दै आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन अनुरोध गरेको छ।

 


Share this with your friends: