एशियन लाइफद्वारा लाभांस प्रस्ताव

2021-11-18
एशियन लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ को सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१ रुपैयाँबराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने ४ करोड २ लाख १५ हजार २१४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: