एशियन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-25
एशियन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ११ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ १२ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि २७ प्रतिशत बोनस सेयर र २ नगद लाभांस गरी कुल २९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ २१ गते आयोजना हुने कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।    


Share this with your friends: