एशियन लाइफद्वारा रु.२० लाख मृत्यु दाबी भुक्तानी

2022-02-25
एशियन लाइफद्वारा रु.२० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई  २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीको बिर्तामोड शाखाले स्वर्गीय बीमित भिम प्रसाद पौडलको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले स्वर्गीय भिम प्रसाद पौडलका बुबा कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् । 
स्व भिम प्रसाद पौडेलले २०७७ असोजमा  भद्रपुर उपशाखामा २० लाख रुपैयाँको एशियन बार्षिक धनलाभ पोलिसि लिएका थिए । उनले प्रथम बीमा शुल्क र नविकरण शुल्क बापत १ लाख ८४ हजार ६ सय रुपैयाँ बुझाएका थिए ।

२०७८ मंसिर २० गते मेचि राजमार्गको चारआलि बुधवारे सडकखण्डमा मोटरसाईकल दुर्घटनामा उनको मृत्यु भएको थियो । 


Share this with your friends: