एशियन लाइफद्वारा मृत्युदाबी भुक्तानी

2022-03-07
 एशियन लाइफद्वारा मृत्युदाबी भुक्तानी

दैलेख। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धिरेन्द्र बहादुर शाहीको आश्रित परिवारलाई मृत्युदाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ  दाबी भुक्तानी गरेको हो।

दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको हो ।
चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष  पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो।


Share this with your friends: