एशियन लाइफको निमित्त सीइओमा होमबहादुर श्रेष्ठ

2020-08-10
एशियन लाइफको निमित्त सीइओमा होमबहादुर श्रेष्ठ

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले कम्पनी छाडेका छन् । 

उनको दुई कार्यकाल पूरा भएकोले श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेका हुन् । 

योसँगै कम्पनीको साउन २० गते बसेको १५१ औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । उनी हाल कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 


Share this with your friends: