एशियन लाइफले डाक्यो साधारण सभा, लाभांस वितरण नगर्ने निर्णय

2020-11-20
एशियन लाइफले डाक्यो साधारण सभा, लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते विरगंजमा अवस्थित होटल पुजनमा बिहान १० बजे ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

उक्त सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड(ग)ले निधांरण गरेको सिमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरिनेछ। 

यसका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७४/०७५ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब नगदप्रवाहको विवरण समेत पारित गरिनेछ। 

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिक लेखा परीक्षक नियुक्ती र निजको पारिश्रमिक समर्थन गरिनेछ। 

यसैगरी कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनी मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: