ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन १३.९९%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

2021-02-25
ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन १३.९९%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.९९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७१ लाख ११ हजार ००४ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो। 

यस्तै समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ करोड ५७ लाख २८ हजार ३०५ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ करोड ३५ लाख ७८ हजार २७७ रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले २४ करोड ७८ लाख ५१ हजार ४०२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिसम्म यो रकम १७ करोड २९ लाख ३६ हजार ७८६ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ४३.३१ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ। 

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ७१ लाख ५४ हजार ८१६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९७.५३ प्रतिशतले कम हो। 

अघिल्लो आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ७८ हजार ८८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ०.८८ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ५ करोड ५३ लाख ५ हजार ८८८ रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले १८ हजार ९० बीमालेख जारी गरेको छ। 


Share this with your friends: