कञ्चनपुरमा नेपाल बंगलादेश बैंकको १०० औँ शाखा सञ्चालन

2021-08-13
कञ्चनपुरमा नेपाल बंगलादेश बैंकको १०० औँ शाखा सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको हो। 

उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको समुस्थितिमा हिजो बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो। यसका साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

कलकत्ता शाखासहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ। 


Share this with your friends: