कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

2022-04-24
कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता अवितरित हकप्रद सेयर वैशाख २ गते बाँडफाँड गरिएको हो । 

बैंकले आवेदन नपरेको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत चैत १६ गतेदेखि १६ गतेसम्म लिलामीमा राखेको थियो । 

बाँडफाँडमा नपरेको सेयर बापतको रकम वैशाख ११ गतेदेखि आवेदकहरुको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ ।  


Share this with your friends: