काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा र सो अवधिसम्मको सञ्चित मुनाफाबाट प्रति सेयर १० प्रतिशतका दर(१० प्रतिशत)ले बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
यो लाभांस नेपाल राष्ट्र बैकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।