कालिका लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-04-04
कालिका लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायेजन गरेको छ। नेप्सेले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १२९१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता रु. १४२० कायम थियो। 

कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफा र सो अवधिसम्मको सञ्चित मुनाफाबाट प्रति सेयर १० का दरले(१० प्रतिशत) बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। 

 


Share this with your friends: