काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।