किसान लघुवित्तको संस्थापक सेयर लिलामीमा

2022-04-06
किसान लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(चैत २३ गते)देखि बिक्रीमा राखिएको छ । 

यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । 

लिलामी सेयरको मूल्य र सेयर संख्या भने खुलाइएको छैन । 

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफुले खरीद गर्न चाहेको सेयरको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । 

तोकिएको मितिभित्र आवेदन नपरेमा यो सेयर अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाहरुलाई बिक्री गरिने संस्थाले जनाएको छ ।


Share this with your friends: