कोरोना संकटबीच नेशनल लाइफको बिजनेश कस्तो ?

2020-08-16
कोरोना संकटबीच नेशनल लाइफको बिजनेश कस्तो ?

काठमाणडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ९ अर्ब ११ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ८० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५४ प्रतिशत बढी हो । अघिल्लो वर्ष यो रकम २ अर्ब ९ करोड रुपैयाँ थियो । 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५० करोड रुपैयाँ थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १०.५५ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ । 


आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ । चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ३९ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १६.३२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ । कम्पनीको व्यवस्थापन खर्च ८० करोड ५३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ७४ करोड ८९ लाख रुपैयाँ थियो । 


त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २४.०२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार २७ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्ष ९१ करोड ८६ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब करोड ३ करोड रुपैयाँको उचाइमा पुगेको छ । 
त्यस्तै कम्पनीले ८ लाख १० हजार ८३२ बिमालेख जारी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख २१ हजार ००८ बिमालेख जारी गरेको थियो । 

कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) १६.९२ रुपैयाँ,प्रति सेयर नेटवर्थ १३३.६१ रुपैयाँ, पि.ई अनुपात ३९.१२ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १३४०.०४ रुपैयाँ छ ।  

 

 


Share this with your friends: