क्यानडाको जीवन बीमाभन्दा सम्पत्ति तथा दुर्घटना बीमा उद्योगको अवस्था राम्रो

2020-09-11
क्यानडाको जीवन बीमाभन्दा सम्पत्ति तथा दुर्घटना बीमा उद्योगको अवस्था राम्रो

काठमाण्डौ। कोरोना महामारीले निम्त्याएको आर्थिक तथा बजार गतिशीलताका बाबजुत क्यानडाको सम्पत्ति तथा दुघटर्ना बीमा उद्योगले समकक्षी जीवन बीमा उद्योगभन्दा राम्रो प्रर्दशन गरेको छ। “एएम वेष्ट”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो बताएको हो। 

एएम वेष्टले कोरोना महामारीले क्यान्डाको अर्थतन्त्र र बीमा उद्योगमा गरेको क्षती बारे अध्ययन गर्दे एउटा रिपोर्ट बनाएको थियो। जसमा क्यानडाको समग्र बीमा उद्योगको पूँजिकरण राम्रो अवस्थामा भएको उल्लेख गरिएको छ। 

रिपोर्टका अनुसार क्यानडाको सम्पत्ति तथा दुर्घटना कम्पनीहरुले कोरोनाले निम्त्याएको चुनौतिहरुको सामना गर्न र नाफाको अवस्थामा रहने क्षमता देखाएका छन्। यसका साथै अस्थिर जलवायु तथा मौसम परिवर्तन, आगलागी र भुकम्पीय गतिवधि तथा आर्थिक अस्थिरता, तिव्र प्रतिष्र्पधा र नियामकिय मुद्धाहरु जस्ता चुनौतिहरुलाई पनि त्यहाका सम्पत्ति तथा दुर्घटना कम्पनीहरुले राम्रोसंग व्यवस्थापन गर्दे राम्रो प्रर्दशन गरिरेहका छन्। 
रिपोर्टका अनुसार क्यानडाका व्यक्तिगत अटो इन्स्योरेन्स लाइन सफ्ट स्पटको रुपमा रहे्का छन्। तथापि सन् २०१९ मा व्यक्तिगत अटो इन्स्योरेन्स लाइनका घाटा १० अंकले बढेको थियो।  

एएम वेष्टले क्यानडाको सम्पत्ति तथा दुर्घटना बीमा उद्योग स्थिर रहेको बताएपनि त्यहाँको जीवन बीमा उद्योगको कथा भने भिन्न  छ। कोरोना महामारीको प्रभावलाई उपभोक्ताहरुले प्रतिक्रिया जनाएपछि क्यानडाको जीवन बीमाकर्ताहरुको शीर्ष लाइन वृद्धि भौतिक रुपमा प्रभावित बनेको छ। 
न्युन ब्याज दर र इक्वीटी बजारमा लम्बीएको अस्थिरताले जीवन बीमाकर्ताहरुको अपरेटिङ अर्निङ पनि बजार गतिशीलता र सम्पत्ति मुल्यांकनको कारण प्रभावित बनेको छ। जसले कम शुल्कमा आधारित राजस्व निम्त्याउने छ। 

 

 


Share this with your friends: