गणपति लघुवित्तको लाभांस राष्ट्र बैंकद्वारा स्वीकृत

2021-11-23
गणपति लघुवित्तको लाभांस राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले गणपति लघुवित्तद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांस वितरणको प्रस्तावलाई मंसिर ६ गते स्वीकृती प्रदान गरेको हो । 

गणपति लघुवित्त गत आर्थिक वर्ष २०७७/७८ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको १९ प्रतिशतले हुन आउने २ करोड ४१ लाख ९७ हजार ७८२.५० रुपैयाँ बराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने १२ लाख ७३ हजार ५६७.५० रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएसँगै अब यो लाभांस संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधन्ीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: