काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले लिलामीमा राखेको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(चैत २८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रति सेयर १५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले मक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार काठमाण्डौमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।