ग्रिन डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

2021-02-11
ग्रिन डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले बैंकको सेयर प्रिमियम बापतको रकमबाट १ प्रतिशत र वितरणयोग्य संचित मुनाफबाट २.८० प्रतिशत बोनस सेयर गरी कुल ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांस गरी कुल ४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा सेयर प्रिमियम  बापतको रकमबाट बैंकको चुक्तापूँजीको १ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ र २.८० प्रतिशतले हुन आउने १ करोड चालिस लाख रुपैयाँ बराबरको कुल १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: