ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-04-11
ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै बैंकको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।

सभा पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न भएको थियो । उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।  

यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकसमेत निर्वाचित गरेको छ। प्रकाशकुमार श्रेष्ठ र विश्वमोहन अधिकारी सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन । सञ्चालक अधिकारी लेकसिटी होल्डिङस् प्रालिको प्रतिनिधिका रुपमा निर्वाचित भएका छन्। 

बैंकका अध्यक्ष गणे कुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो। सभामा नवनिर्वाचित सञ्चालक अधिकारीले आफ्नो करिब २५ वर्षको बैंकिङ अनुभवले यस बैंकलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको बताए। 

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले सेयरधनीहरुको सुझाव र भावनालाई बुझेर वैंकले आगामी दिनमा थप रणनीतिक रुपले अगाडि बढ्ने बताए। 


Share this with your friends: