ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

2022-04-17
ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक सेयर आज(वैशाख ४ गते)देखि बिक्रीमा राखिएको छ ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।

सेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, कमलादीमा खरिद आवेदन दिनु पर्नेछ 

निर्धारित अवधिसम्म खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । 


Share this with your friends: